थाइल्यान्ड म्यान्माबाट भागेका एक लाख मानिसलाई स्वागत गर्न तयार

थाइल्यान्ड म्यान्माबाट भागेका एक लाख मानिसलाई स्वागत गर्न तयार

केन्द्रबिन्दु
24
Shares

एउटा महत्त्वपूर्ण सीमावर्ती सहर नजिकै लडाइँ तीव्र भएपछि म्यान्माबाट भागरिहेका एक लाख मानिसलाई स्वीकार गर्न थाइल्यान्ड तयार रहेको बैंककका विदेशमन्त्रीले मङ्गलबार बताएका हुन्।

सन् २०२१ मा जुन्ताले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि गृहयुद्धमा फसेको म्यान्माले थाइल्यान्डसँग दुई हजार चार सय किलोमिटर सीमा साझा गर्दछ।

जुन्ता विरोधी समूहको लडाइँले मुलुकको पहिला शान्तिपूर्ण क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिएपछि हालैका महिनाहरूमा म्यान्माको सेनाले अहिलेसम्मको सबैभन्दा ठूलो खतराको सामना गर्नुपरेको छ।

“हामीले केही समयका लागि तयारी गरेका छौँ र हामी थाइल्यान्डको सुरक्षित क्षेत्रमा करिब एक लाख मानिसलाई अस्थायीरूपमा समायोजन गर्न सक्छौँ”, विदेशमन्त्री पर्णप्री बहिधा–नुकाराले भने।

थाइल्यान्ड राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले शरणार्थी तथा अन्य आप्रवासीबीच भेद गर्दैन।

साताको अन्त्यमा थाई सहर माई सोटको सीमापार म्यावाडी सहर नजिकै जुन्ताविरोधी समूहरूले तीव्र लडाइँ गरेको स्थानीय समाचार थिए।

थाई–म्यान्माको लामो सीमामा बेलाबेलामा हुने लडाइँमा ठूलो सङ्ख्यामा मानिसहरू फर्किनुअघि अस्थायीरूपमा थाइल्यान्डतिर भाग्ने गर्छन्। विदेशमन्त्री पर्णप्रीले कुनै ‘सामूहिक निकासी’ नभएकाले मानिसहरू सीमापारिबाट आइरहेको बताए।

Skip This
Skip This
Logo