दाङ,
दाङमा आज बिहान २ बजे सिमेन्ट उद्योगको ढलान भत्किँदा तीन जनाको मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् ।
लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण गर्ने क्रममा छैटौँ तलाको सट्रिङ भत्किएको हो ।
मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, ४६ वर्षीय साहेब र २२ वर्षीय दयाल हरेन रहेका छन् । घटनामा गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया