केन्द्रबिन्दु बुलेटिन : अध्यादेश फिर्ता, नेकपा विवाद समाधानतिर (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : अध्यादेश फिर्ता, नेकपा विवाद समाधानतिर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुस ५ गते पुनः बस्ने गरी टुंगिएको छ । तोकिएको समयभन्दा झण्डै तीन घण्टा ढिलागरी बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसदको विशेष अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षर स्थगित गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको हो । यस्तै बुधबार जारी गरिएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएर संसदको हिउँदे अधिवेशन बोलाउन जनता समाजवादी पार्टी (जसपा)ले सरकार समीक्षा आग्रह गरेको छ ।

कोरोना माहामारीका कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ । कोरोना माहामारीका कारण स्थगित भएको लिग २ का थप ९६ खेलको तालिका आईसीसीले सार्वजनिक गरेको हो । जस अन्तर्गत नेपालले आउँदो मार्च महिनामा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपालमा विगत १० वर्षको तथ्याङ्क हेर्दा मुलुकभर शितलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् । यस्तो अवस्थामा शीतलहर र हिमपातको मौसम सुरु भएसँगै यसबाट नागरिकलाई जोगाउन यसवर्ष गृह मन्त्रालयले आवश्यक तयारी थालेको छ । शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्धरुपमा पूर्व तयारीका कार्यक्रम शुरु गरिएको गृह मन्त्रालयले जनाएको हो ।

अर्थ मन्त्रालयले कोरोना महामारीको प्रभावका बीच चालु आर्थिक वर्षका राजस्व संकलनदर सन्तोष जनक रहेको जनाएको छ । गत साउन महिना यतामात्र कुल ३ अर्ब १ अर्ब २८ करोड राजस्व संकलन भएको उल्लेख गर्दै मन्त्रालयले यो परिणाम सन्तोषजनक नै रहेको जनाएको हो । यद्यपि, चालु आर्थिक वर्षको पाँचौं महिनासम्म पूँजीगत खर्चको गति भने गत आर्थिक वर्षको जस्तै कमजोर देखिएको मन्त्रालले जनाएको छ ।

Skip This
Skip This
Logo