इंग्ल्याडलाई वेस्ट इन्डिजको २१३ रनको चुनौतीे

इंग्ल्याडलाई वेस्ट इन्डिजको २१३ रनको चुनौतीे

केन्द्रबिन्दु
0
Shares

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले घरेलु टिम इंग्ल्याण्ड र वेष्ट इन्डिजबिच प्रतिस्पर्धा भइरहेको छ ।

साउथएम्पटनमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। घरेलु टीम इंग्ल्याणडले बलिङ गर्ने निर्णय गरेपछि पाहुना टोली वेष्ट इन्डिज ब्याटिङको निम्तो पाएको थियो । ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज निर्धारित ५० ओभर नसकिँदै अल आउट हुन पुग्यो ।

निर्धारित ५० ओभरको खेलमा ४४.४ ओभर मात्र खेल्न सक्यो । ४४.४ ओभर खेल्दै पाहुना टीम वेस्ट इन्डिजले २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । वेस्ट इन्डिजको तर्फबाट शुरुवाती ब्याट्सम्यान क्रिस गेलले ३६,ईविन लुईस २,शाहि होप ११, निकोलस पोरानले सर्वाधिक ६३,सिम्रोन हेटमायरले ३९,जेसन होल्डरले ९,आन्द्रे रसेलले २१,कार्लाेस ब्रेथवेटले १४,र सेल्डन कोट्रेल,शान्नोन ग्रावियल, तथा ओशेन थोमसले खाता खोल्न सकेनन् ।

बेलायतको तर्फबाट भने जोफ्रा आर्चर र मार्क उडले समान ३ तथा क्रिस वेकस र जोईरुटले समान २ तथा लिम प्लंकटले १ विकेट लिएका छन् । केहि समयपछि घरेलु टीम इंग्ल्याण्डले जवाफी ब्याटिङ गर्ने छ । छ ।

Skip This
Skip This
Logo