काठमाडौं । नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि नयाँ सुविधा सुरू गरेको छ।
सो सुविधामा हाम्रो पात्रोले महत्त्वपूर्ण समाचारलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको हो। उक्त सुविधा हरेक तीन घण्टा अपडेट हुने र त्यसले प्रयोगकर्तालाई सधैं ताजा समाचार हेर्न पाउने हाम्रो पात्रोको दाबी रहेको छ। सो सुविधा विशेष गरी समाचार पढ्न समय नभएको तर समाचारसँग सचेत र सूचित पाठकको अन्तरक्रिया बढाउन यस्तो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ।
हाम्रो पात्रोले गत हप्तादेखि एआईको प्रयोग गरी महत्त्वपूर्ण समाचारलाई विश्लेषण र वर्गीकरण गरी समाचारको सारांशलाई बुलेटिनको रूपमा राख्न थालेको बताएको छ। तर, ती समाचारमा पाठकले प्रतिक्रिया जनाउन भने पाएका थिएनन्। अब भने प्रत्येक तीन घण्टाको अन्तरालमा बुलेटिनमा अपडेट हुने समाचारमा पाठकले प्रतिक्रिया जनाउन पाउने पनि हाम्रो पात्रोले जनाएको हो।
एआईले विभिन्न समाचारका बीचका समानता पहिचान गर्न सक्ने हाम्रो पात्रोकी निर्देशक सुदीना गौतमले बताइन्। त्यस्तै पाठकको रुचि, प्राथमिकता र पढ्ने बानी बुझ्न सहयोग पुग्ने गरी एआईले पाठकको रुचि अनुसारका समाचारलाई सिफारिस गर्न सक्ने दाबी समेत गरिएको छ।































प्रतिक्रिया