काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी यतिबेला धनगढीमा रहेका छन्।
नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना प्रदेश सभा सदस्यलाई निषेध र कारबाही गर्ने सिलसिला सुरू गरेपछि उनी छलफलका यति बेला धनगढीमा रहेका हुन्।
नाउपाबाट प्रदेश आर्थिक मामिलामन्त्री रहेका धनश्याम चौधरीको सरकारी निवासमा भइरहेको छलफलमा संरक्षक चौधरीसहित पार्टीका अन्य प्रदेश सभा सदस्य सहभागी रहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकार र अध्यक्ष श्रेष्ठको अगामि रणनीतिमा कसरी अगाडि बड्ने भन्ने बारे छलफल भइरहेको बताइएको छ।































प्रतिक्रिया