राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन्।

सिंहदरबारस्थित् सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, ‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्व झल्काउने गरी अध्यक्ष ज्यूसँग सहकार्य गर्ने र सबै माननीय ज्यूसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु।’

संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढंगले आफ्नो पद सम्हाल्ने विश्वास उनले दिलाइन्।

बुधबारै भएको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी हुन्।

Skip This
Skip This
Logo