मोबाइल ईभी चार्जिङ स्टेसन पहिलोपटक सञ्चालनमा

मोबाइल ईभी चार्जिङ स्टेसन पहिलोपटक सञ्चालनमा

केन्द्रबिन्दु
24
Shares

यात्री इनर्जीले नेपालमा पहिलोपटक विद्युतिय गाडीका लागि मोबाइल चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

यूएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा निर्माण भएको उक्त मोबाइल चार्जिङ स्टेशनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले संयुक्त रुपमा शुभारम्भ गरे ।

३० किलोवाट क्षमतको सो चार्जिङ स्टेसनलाई आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । चार्ज सकिएर सवारी साधन अलपत्र पर्दा यसलाई ग्राहककै ठेगानामा लैजान सकिने छ । आजै यात्री इनर्जीका १७ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

Skip This
Skip This
Logo