मकवानपुरमा डोजर पुरिँदा २ जनाको ज्यान गएको छ।
राक्सिराङ गाउँपालिका–८ थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खसेर डोजर पुरिएको हो । मृत्यु हुनेमा शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकी रहेका छन्। राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्ने कोसिस भैरहेको बताए।
इलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थल प्रस्थान गरे पनि आइपुग्न समय लाग्ने उनले बताए।































प्रतिक्रिया