अदालतद्वारा फिल्म ‘मैदान’ रिलिजमा रोक

अदालतद्वारा फिल्म ‘मैदान’ रिलिजमा रोक

केन्द्रबिन्दु
15
Shares

मुम्बई। अजय देवगन स्टारर फिल्म ‘मैदान’ सन् २०२४ कै प्रतिक्षित फिल्म हो। बिहीबार परेको इदको मौकामा यो फिल्म रिलिज हुने तयारीमा थियो।

तर, अदालतले यो फिल्मलाई प्रदर्शनमा रोक लगाएको छ। स्पोर्टस् ड्रामामा आधारित यो फिल्म कानूनी झमेलामा परेको छ। मैसूरको अदालतले फिल्म रिलिज रोक्न आदेश दिएको छ।

समाचारअनुसार कर्नाटकका एक स्क्रिप्टराइटरले फिल्मका निर्माता बोनी कपूर र निर्माण कम्पनी जी स्टुडियोले भारतका पूर्व फूटबल कोच सैयद अब्दुल रहीमको जीवनमा आधारित फिल्मको स्क्रिप्ट आफ्नो चोरेको दाबी गरेका छन्। मैसूर कोर्टमा स्क्रिप्टको चोरीको दाबीमा परेको उजुरीका आधारमा अदालतले फिल्म रिलिज नगर्न आदेश दिएको हो।

मैसूरका लेखक अनिल कुमारले लिंक्डइनमा फिल्मको कथाका आफ्नो भाग साझा गरेका छन्। ‘२०१० मा मैले कथा लेख्न सुरु गरें र २०१८ मा मैले यो बारेमा एक पोस्ट गरेको थिएँ। मेरो लिंक्डइन पोस्टका माध्यमबाट एक निर्देशक सुखदास सूर्यवंशी मेरो सम्पर्कमा आएँ।

उनले मलाई मुम्बईमा बोलाए र स्क्रिप्ट ल्याउन भने। मसँग पुरा च्याट हिस्ट्री छ। उनले मलाई आमिर खानसँग भेट गराउँछु भने। तर केही कारणले उनलाई भेट्न सकिनँ। मैले उनलाई कथा दिए र यसलाई स्क्रिन राइटर्स एशोसिएसनमा दर्ता गरियो। सुखदास सूर्यवंशी मैदानमा सहायक निर्देशक थिए’,उनले लेखेका छन्।

उनले हालैमात्र ‘मैदान’ नामको फिल्म रिलिज हुन लागेको कुरा आफूले सुनेको बताएका छन्। ‘म चकित भएँ, किनकी मेरो कथा पनि यही भएकाे हाे। जब मैले टिजर र निर्देशकको कुरा सुनें, मैले थाहा पाएँ कि त्यो मेरो कथा हो।

उनले मेरो कथालाई तोडमोड गरेर यो फिल्म बनाएका रहेछन्। फिल्ममा लेखकको नाम पादकंदुका राखेका रहेछन्’, अनिलले भनेका छन्। अनिल मैसूरको प्रधान जिल्ला एवम् सत्र न्यायालय गएपछि अदालतले फिल्म रिलिजमा रोक लगाउन आदेश दिएको छ। यो मामलाको अर्को सुनुवाई अप्रिल २४ मा हुनेछ।

फिल्ममा अजयले सैयद अब्दुल रहीमको भूमिका निभाएका छन्। फिल्ममा प्रियामणि, गजराज राव र बंगाली अभिनेता रुद्रनील घोषको पनि अभिनय छ।

Skip This
Skip This
Logo