काठमाडौँ,
विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा पाकिस्तान अष्ट्रेलियासँग ४१ रनले पराजित भएको छ । यो पाकिस्तानको दोस्रो हार हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा ३०७ रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेको थियो ।
जवाफमा पाकिस्तान ४५ ओभर चार बलमा २६६ रनमा समेटियो । निकै खराब सुरुवात गरेको पाकिस्तानले दुई रनमा पहिलो विकेट गुमायो । उसका ओपनर फकर जमान खाता खोल्न नपाउँदै आउट भए । आज भारत र न्युजिल्याण्ड विच खेल हुनेछ ।































प्रतिक्रिया