राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्नेछ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo