मनिषा कोइरालाः ‘जसले २४ घण्टामै स्टारडम खोसिन्’

मनिषा कोइरालाः ‘जसले २४ घण्टामै स्टारडम खोसिन्’

केन्द्रबिन्दु
39
Shares

मुम्बई। विनम्रता, सालिना, प्रेम र विद्रोहका साथ यौनकर्मीहरुको एउटा ठूलो भीड आउँदैछ। यो भीडमा एक छिन् ‘हीरामण्डी’की मल्लिकाजान। उनै मल्लिकाजान भन्छिन्, ‘यो मल्लिकाजानको पुच्छर हो। यतिले रगतले तिर्खा मेट्दैन।’ उनी तिनै मल्लिकाजान हुन्, जो विद्रोह मनोवृत्तिका साथ ‘हीरामण्डी’मा ‘अंग्रेजको होइन, मल्लिकाजानको सिक्का चल्छ’ भन्छिन्।

‘हीरामण्डी’मा मल्लिकाजानको चरित्र मनिषा कोइरालाले निभाएकी छन्। यो वेब सिरिजको ट्रेलर सार्वजनिक भइसकेको छ। ट्रेलर हेर्ने अधिकांशको ध्यान मनीषाले नै आफूतिर तानेकी छन्। यसको निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली हुन्।

यो वेब सिरिज केही दिनमै प्रसारणमा आउँदैछ। रिलिजपछि मात्र मनीषाको चरित्र कति दमदार छ भन्ने दर्शकले थाहा पाउनेछन्। तर ट्रेलर हेर्दा उनको भूमिका जति लामो वा छोटो भए पनि त्यो भूमिका दमदार हुनेमा फिल्म विश्लेषकहरु ढुक्क छन्।

भन्सालीको विशेषता यो हो कि उनी कुनै पनि कलाकारबाट उत्कृष्ट काम निकाल्छन्। यसको जिउँदो उदाहरण रणवीर सिंह हुन्। उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्। ‘रामलीला’का राम, ‘बाजीराव मस्तानी’का बाजीराव र ‘पद्मावत’ का अलाउद्दीन यी सबै भन्सालीका देन हुन्। अभिनेता सलमान खानको करियरका उत्कृष्ट फिल्म ‘खामोशी’ र ‘हम दिल दे चुके सनम’ दुवै भन्सालीका हुन्।

मनीषा कोइरालालाई भन्सालीले आफ्नो फिल्ममा पुनः मौका दिएका छन्। त्यसको खास कारण यो हो कि भन्साली मनीषा भित्रबाट ‘खामोसी’ जस्तो अभिनय निकालेर दर्शकमाझ पुनः पेश गर्न चाहन्छन्। ‘हीरामण्डी’मा मनीषाले मल्लिकाजानको चरित्र निभाउन गरेको संघर्ष आफैंमा रोचक छ।

‘मलाई एक ठूला निर्देशकले २४ घण्टाको समय दिएर ‘कि तिमीले आफ्नो अभिनय कौशल सुधार्नु अथवा पुनः फर्किएर जानु। किनकी तिमी काम नलाग्ने अभिनेत्री हौ र तिमीलाई अभिनय आउँदैन’ भनेका थिए’, मनीषा सम्झिन्छिन्।

मनीषाका अनुसार निर्देशकले उनलाई यो कुरा भनिरहँदा मनीषाले बलिउडमा पाइला चालेको केवल ३ वर्षमात्र भएको थियो। मानिसहरु उनलाई विस्तारै चिन्दै थिए किनकी उनलाई पहिलो फिल्म ‘सौदागर’ले स्टार बनाइदिएको थियो। यसको ३ वर्षपछि उनको फिल्म ‘१९४२ अ लभ स्टोरी’ प्रदर्शनमा आयो। यो किस्सा यही फिल्मको सुटिङको समयको हो। फिल्ममा विधु विनोद चोपडाको निर्देशन थियो।

‘१९४२ः अ लभ स्टोरीको समयको एक घटना छ। जब मैले पहिलोपटक एक दृश्य पढें, त्यो बेला मैले निकै खराब तरिकाले गरिरहेकी थिएँ। निर्देशक विधुले मलाई प्रष्ट रुपमा ‘तिमी अभिनयमा धेरै बेकार छौँ’ भने। त्यसपछि मैले उनलाई २४ घण्टाको समय मागें। ‘मैले यदि फेरी पनि यो दृश्य तपाईंले भने जस्तो गरी गर्न सकिनँ भनें, तपाईं जे भन्नुहुन्छ म खुशी साथ स्वीकार्छु’ भनें’, मनीषा सम्झिन्छिन्।

मनीषाले यो घटनाका हरेक भागको वर्णन गरेकी छन्। ‘म घर गएँ। मलाई राम्रो र खराब अभिनयको बारेमा केही थाहा थिएन। यो यसकारण कि, जब म फिल्म सुट गरिरहेको थिएँ, सायद यो मेरो तेस्रो या चौथो फिल्म थियो। मेरो हातमा ३, ४ वटा शीट थियो। मैले त्यसलाई यति पटक पढें कि त्यो गन्न सकिँदैन। म फर्किएँ। पुनः स्क्रिन टेस्ट दिएँ र यसपटक निर्देशकले मेरो काम मनपराए। मलाई फिल्मका लागि लिइयो’, उनले भनेकी छन्।

उनले जुन फिल्मका लागि यति धेरै मेहनत गरिन्, त्यही फिल्मबाट उनी ‘फिल्मफेयर अवार्ड’मा ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परिन्। मनीषाले २४ घण्टा समय नमागेको भए सायद अगाडिको कथा त्यस्तो हुँदैन थियो, जुन मनीषाले लेखिन्।

यसपछि मनीषाले सन् १९९३ देखि १९९६ सम्म लगातार १० फ्लप फिल्म दिइन्। यद्यपि फ्लपको सिलसिला सन् १९९६ मा रिलिज नाना पाटेकर र ज्याकी श्राफको फिल्म ‘अग्निपरीक्षा’मा पुगेर रोकियो। सन् १९९६मा मनीषाको अर्को फिल्म ‘खामोशी’ आयो। यो फिल्मलाई ‘मास्टरपीस’ भन्नु गलत हुँदैन। फिल्ममा नाना पाटेकर, मनीषा कोइराला र सलमान खानको अभिनय सबैले मन पराए। यो फिल्मका लागि उनले ‘फिल्मफेयर’मा ‘क्रिटिक्स अवार्ड’ नै जितिन्।

Skip This
Skip This
Logo