चट्याङ लागेर डडेल्धुरामा एक किशोरीको मृत्यु भएको छ। परशुराम नगरपालिका ३ की १३ वर्षीया संगीता भाटको बुधबार बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्यालय जाने तयारीमा रहेकी भाट चट्याङ लागेर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनी कक्षा ८ मा अध्ययनरत थिइन्।































प्रतिक्रिया