इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना कारोबारी पक्राउ

इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना कारोबारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

इजाजत बिना औषधि ल्याई विक्री बितरण गर्न खोज्ने ८ जना व्यक्तिहरु चितवनबाट पक्राउ परेका छन् ।

भारतबाट तस्कर गरि पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय माडीले बिशेष सुराकीका आधारमा ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अबैध औषधिसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बोरामा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधि बरामद गरेको छ । चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधि व्यवस्था विभागसँग राय सल्लाह लिए अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताए। प्रारम्भिक अनुसन्धानमा नेटवर्कीङ व्यापारमा संलग्नहरुले विक्री वितरणका लागि ल्याएको पाइएको बताए ।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देबेन्द्र यादवले बताए । पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

Skip This
Skip This
Logo