रुसमा उच्च बाढीको जोखिम

रुसमा उच्च बाढीको जोखिम

केन्द्रबिन्दु
9
Shares

रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लिँदा तथा भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने धेरै जसो नदीहरूले खतराको सतह पार गरेका छन्।

टियूमेन क्षेत्रका अधिकारीहरूका अनुसार पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको छ। अधिकारीहरूले इशिम र टोबोल नदी अप्रिल २३–२५ मा उच्चस्तरमा पुग्ने अनुमान गरेका छन्।

अधिकारीहरूका अनुसार ओरनबर्गमा युराल नदी ११ दशशमलव २९ मिटर (३७ फिट) पुगेको छ। यो निर्धारित खतराको स्तरभन्दा दुई मिटर माथि हो। सहरका केही भागमा पानीमाथि घरहरूको छत मात्र देख्न सकिन्छ।

क्षेत्रीय अधिकारी सर्गेई बालिकिनले आरआइए नोभोस्ती राज्य समाचार एजेन्सीलाई ओरेनबर्गमा शुक्रबार वा शनिबार मात्र बाढी आउने जानकारी दिनुभयो। अधिकारीहरूका अनुसार चार लाखभन्दा बढी जनसङ्ख्यामध्ये १० हजार सात सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीले करिब ११ हजार सात सय घर डुबेका छन्।

बाढीको जोखिमका करण पूर्वमा कुर्गान र तोम्स्क क्षेत्रका धेरै गाउँलाई पनि खाली गरिएको छ। रुस र कजाकिस्तानमा करिब एक लाख मानिसले बाढीका कारण घर छाडेको अनुमान गरिएको छ।

Skip This
Skip This
Logo