आन्दोलन गरेपछि सडक बनाउने सहमति

आन्दोलन गरेपछि सडक बनाउने सहमति

केन्द्रबिन्दु
0
Shares

कागेश्वरी मनोहरा नगरपालिकाले थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति भएको छ।

आज (मंगलबार) बिहानैदेखि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्न नगरपालिका सहमत भएको हो । सहमतिपछि स्थानीय बासिन्दाले आन्दोलन फिर्ता लिएका छन्।

सङ्घर्ष समिति र नगरपालिकाबीच तीन बुँदे सहमति भएको छ। तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, नगर कार्यपालिका सदस्य बबिता दाहाल कुइँकेल र सङ्घर्ष समितिका तर्फबाट पवोल बज्राचार्य, निराजन नेपाल, मनिष सिम्खडालगायतबीच सहमति भएको हो।

निर्माण सुरू भएको चार वर्षसम्म पनि सडक नबनेपछि थलीका बासिन्दा आन्दोलित भएका हुन् ।

Skip This
Skip This
Logo