कपिलवस्तु,
जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो ।
वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ । भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२ हजार ११२ हेक्टर वनक्षेत्र छ । जिल्लामा पटना, गुगौली, खरेन्द्रपुर, वीरपुर र बिसुनपुर इलाका वन कार्यालय अन्तर्गतको क्षेत्र बढी अतिक्रमणमा परेको छ।
त्यसै क्रममा जिल्लाको बाणगंगा नगरपालिकाको पटनामा सबैभन्दा बढी वनक्षेत्र अतिक्रणमा परेको वन डिभिजन कार्यालय कपिलवस्तुको प्रतिवेदनमा उल्लेख गरिएको छ । बाणगंगा नगरपालिका–४ साविकको पटना गाविस अन्तर्गत पर्ने वनक्षेत्रको आधाभन्दा बढी भाग अतिक्रमणमा परेको छ । त्यहाँको कलु वनक्षेत्र तीन हजार पाँच सय हेक्टरबाट खुम्चिएर करिब एक हजार ६ सय हेक्टरमा सीमित भएको छ ।
साविकको पटना गाविसमा एक हजार दुई सय ८० हेक्टर, गजेहडामा दुई सय ७५ हेक्टर, हथौसामा एक सय ३० हेक्टर, निग्लिहवामा ५० हेक्टर र पतरियामा ७० हेक्टर वन अतिक्रमणमा परेको छ । व्यक्तिले मात्र होइन, विद्यालय, मन्दिर लगायतले संस्थागत रूपमै पटना वनको जग्गा अतिक्रमण गरेका छन् । उनीहरूले वनक्षेत्रमा जबरजस्ती भवन निर्माण गरेका छन् । त्यहाँ ११ संस्थाद्वारा १२ दशमलव ६ हेक्टर अतिक्रण गरिएको वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
नागरिकबाट































प्रतिक्रिया