सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। प्रधामन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) ले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गराई नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने संकल्पका साथ २०८१ को नयाँ शैक्षिक सत्र आजबाट सुरु भएकाले विद्यार्थी भर्ना अभियानमा सरिक हुन सबैमा शुभकामनासहित आग्रह गरेका हुन्।

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारले प्रयास गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

‘मौलिक हकको पूर्ण कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार हामीसामु छ।’

शिक्षाको मौलिक हक कार्यान्वयनका निम्ति विकास साझेदारहरु,नागरिक समाज एवं निजी क्षेत्रको योगदानको प्रशंसा गर्दै दाहालले सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने तथा शैक्षिक सत्रको बीचमा नै विद्यालय छाड्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ। यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ’ दाहालले भनेका छन्।

विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएको उल्लेख गरेका दाहालले विद्यालय शिक्षा सुधारका प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन थप सामूहिक प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

Skip This
Skip This
Logo