कोशी सरकारविरुद्ध दुई दलको संकल्प प्रस्ताव

कोशी सरकारविरुद्ध दुई दलको संकल्प प्रस्ताव

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दुई दलले संकल्प प्रस्ताव ल्याएका छन्।

सोमबार एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारविरुद्ध संकल्प प्रस्ताव ल्याएका हुन्।

उनीहरूले बैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने भन्दै प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई संकल्प प्रस्ताव दिएका छन्।

राजीनामा नदिए वा विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा संकल्प प्रस्तावमा उल्लेख गरिएको छ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रही सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको जनाइएको छ।

Skip This
Skip This
Logo