आईपिओ निष्काशनमा नयाँ नियम: ओपन बिडिङ कि फिक्सड प्राईजिङ ?

आईपिओ निष्काशनमा नयाँ नियम: ओपन बिडिङ कि फिक्सड प्राईजिङ ?

केन्द्रबिन्दु
0
Shares

अहिले नेपालमा एक सय रुपैयाँमा आइपीओ निष्काशन हुँदै आएको छ। नेपाली धितोपत्र बजारमा अहिलेसम्मका लागि यो ‘फिक्सड प्राईजिंङ सिस्टम’ जस्तै भएको छ । जसले गर्दा आइपीओ भन्नासाथ एक सय रुपैयाँको शेयर भन्ने बुझिन थालेको छ।

तर, अब यो नियम लामो समय नरहने भएको छ। नेपाल धितोपत्र बोर्डले अब अन्तराष्ट्रिय अभ्यासलाई मध्यनजर गरेर शेयर निष्काशनको मोडालिटी परिवर्तन गर्न लागेको हो।  बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले चांडै नै आईपिओ निष्काशनको नयाँ नियम ल्याउने जानकारी दिए । कार्कीले बिशेषत: ‘ओपन बिडिङ सिस्टम’ र ‘फिक्सड प्राईजिंङ सिस्टम’मध्ये एक लागु गर्ने तयारी भैरहेको पनि बताए।

‘ओपन बिडिङ सिस्टम’ भनेको लगानीकर्ताले नै मूल्य तोक्ने पद्दति हो । ‘फिक्सड प्राईजिंङ सिस्टम’ भनेको चाही कम्पनीले नै आफ्नो कम्पनीको मूल्य यति भनेर तोक्ने पद्दति हो। आइपीओ निष्काशनको यो नया नियम लागु भएमा अब एक सय रुपैंयामा आइपीओ नपाउने सम्भावना बढ्दो छ।

यद्यपि कमजोर कम्पनीको आईपिओ भने अंकित मूल्य मै उपलब्ध हुन् सक्ने बताउछन कार्की।

महिलालाई आरक्षण

शेयरबजारमा महिलाहरुको स्वामित्व र लगानी बढाउनुपर्ने सवाल उठ्न थालेका छन्। अर्थमन्त्री डा युवराज खतिवडा पनि यसमा सकारात्मक छन्।

शनिबार सम्पन्न नेपाल धितोपत्र बोर्डको २७ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले महिलाहरुको स्वामित्व र लगानी बढाउने बारे गृहकार्य गर्न बोर्डलाई आग्रह गरेका छन्  । उनले बजेटमै ब्यबस्था गरेर महिलाहरुलाई उत्सुकता जगाउनुपर्ने बताएका छन् ।

Skip This
Skip This
Logo