आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (आइतबार) बहुप्रतिक्षित खेल हुँदैछ ।
विश्वकप क्रिकेटको ट्रफीका लागि बलियो दाबेदारका रुपमा हेरिएको भारत र अस्ट्रेलियाबीचको खेल हुन लागेको हो। यो खेललाई निकै महत्वका साथ हेरिएको छ ।
यसअघि २ खेल खेलिसकेको अस्ट्रेलियाले दुवै खेलमा जीत हात पारेको छ भने यसअघि एक खेलमात्रै खेलेको भारतले पहिलो खेलमा जीत हात पारिसकेको छ ।
यस अघि अस्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो । वेष्ट इन्डिजविरुद्धको खेलमा नाथन कौल्टेर निलले ६२ बलमा ९२ रन बनाउँदै टोलीलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर पनि लयमा रहेकाले भारतमाथि हावी हुन सक्ने आँकलन गरिएको छ।
त्यस्तै, भारतले यस अघि दक्षिण अफ्रिकाविरुद्ध जीत निकालेको थियो। भारतका लागि युज्भेन्द्र चहालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने ब्याटिङमा रोहित शर्माले शतकीय पारी खेलेका थिए । दक्षिण अफ्रिकाका ५ ब्याट्सम्यानलाई पेविलियन पठाएका कुलदीप यादव र युजवेन्द्र चहल नै आइतबार अष्ट्रेलियाविरुद्ध निर्णायक बन्न सक्नेछन् । आज भारतका कप्तान विराट कोहली, रोहित शर्मा, युवराज सिंहलगायत ब्याट्सम्यान आक्रमक रुपमा मैदानमा देखिन सक्छन् ।
आजको खेल द ओभलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।































प्रतिक्रिया