बागलुङ,
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश लुट्न राष्ट्रिय सहमति भएको बताएका छन् । पार्टीको मेची महाकाली अभियान अन्तर्गत शनिबार बागलुङमा भएको आमसभामा बोल्दै थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ब्रह्मलुट मच्चाएको आरोप लगाए ।
देशमा भ्रष्टाचार बढदै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैको राष्ट्रिय सहमति भएको उनको भनाई छ । ‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको छ,’ उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर देश कंगाल बनाएका छन् । भ्रष्टाचारमा लिप्त भएका छन् ।’
देशमा अनियन्त्रीत ढंगले भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले यसप्रति खबरदारी गरेको उनले बताए । मुलुकमा हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएको उनको भनाई छ । ‘मुलुकमा गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुग्यो थापाले भने, ‘गणतन्त्रलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन हिन्दु संस्कृतिलाई मासियो । डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म परिवर्तनको चर्को रुप देखिएको छ ।’ थापाले राष्ट्रघाति नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु लोकतन्त्र विपरित रहेको बताए ।
‘हामी देशमा शान्ति नपाउने हो भने, रोजगारी नपाउने हो भने, अब राजसंस्था र हिन्दुराष्ट्र यी दलहरुसंग फिर्ता माग्नुपर्छ,’ उनले भने, ‘अहिले विप्लवको नाममा जे जस्तो गतिविधि भैरहेको छ। त्यसले अहिले सरकार सञ्चालन गरेका र प्रतिपक्षमा भएका दलहरु असफल भएको स्पष्ट छ। उनीहरुले जनतासंग माफी मागेर राजसंस्था र हिन्दुराष्ट्र फर्काउनुपर्छ।’ उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको औलाउँदै राप्रपाले अब सत्ता केन्द्रित राजनीति कहिल्यै नगर्ने समेत उल्लेख गरे।
नागरिकबाट































प्रतिक्रिया