भूकम्पले भत्काएका चार लाख घर बने

भूकम्पले भत्काएका चार लाख घर बने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विनासकारी भूकम्प २०७२ मा क्षति भएका मध्ये झन्डै ४ लाख निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ३ लाख ९७ हजार १ सय २ वटा निजी आवासको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । पुनर्निर्माण सम्पन्न भएका घरमा भूकम्पपीडितले बसोबाससमेत सुरु गरेका छन् ।

प्राधिकरणका अनुसार ६ लाख २७ हजार ६ सय ६९ घर बन्ने क्रममा छन् । सरकारले निजी आवास अनुदान वितरण अन्तर्गत ९ लाख ९६ हजार ५ सय ८२ घरधुरीको सर्वेक्षण गरेको थियो । त्यसमा अतिप्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ७३ हजार १ सय २२ घरधुरी छन् ।

लाभग्राही सूचीमा अति प्रभावित १४ जिल्लाका ७ लाख २५ हजार २ सय ९ रहेका छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ४ सय ६७ रहेका छन् । प्राधिकरणका अनुसार ७ लाख ६० हजार ५ सय ९५ ले पहिलो किस्ता बुझेका छन् । त्यसमा अति प्रभावित १४ जिल्लाका ६ लाख ६७ हजार ५ सय ७७ छन् भने कम प्रभावित १८ जिल्लाका ९३ हजार १८ छन् ।

प्राधिकरणले दोस्रो किस्ता बुझ्ने भूकम्पपीडितको संख्या ५ लाख २४ हजार ४ सय ७६ रहेको जनाएको छ । कम प्रभावित १८ जिल्लाका ५२ हजार ९ सय ४२ घरधुरी छन् । तेस्रो किस्ता लिनेको संख्या पनि ४ लाख २७ हजार १७ छ भने अति प्रभावित १४ जिल्लाका ४ लाख २ हजार ५ सय १० र कम प्रभावित १८ जिल्लाका २४ हजार ५ सय ७ रहेको छ ।

गत ९ वैशाखसम्म ३ लाख ८२ हजार घर पुनर्निर्माण भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशतभन्दा बढी उपलब्धि हासिल भएको बताएका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo