नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्द

नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्द

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ। साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो।

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९०० भन्दाबढी अवैध औषधि हटाइएको बताए।

जसमा भारतमा ९९२, इन्डोनेसियामा ५४४, चीनमा ३६४ र ब्राजिलमा ११४ औषधि छन्। ओजेम्पिक र जीएलपी-१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ, जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दाबी गर्छन्।

Skip This
Skip This
Logo