चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी भएका छन् । उनले प्रतिश्पर्धि कलाकार सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । शनिबार भएको निर्वाचनमा उनको प्यानलनै विजयी भएको हो । खड्काले २१८ मत पाए भने लामिछानेले १६१ मत पाएकी थिइन् ।

नेपाल चलचित्र कलाकार संघकाे सत्रौं साधारण सभाबाट निर्वाचित हुने अन्य पदाधिकारीहरुमा चर्चित कलाकार वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष सानू ताम्राकार, महासचिव चेत बहादुर सिंह राजा, काेषाध्यक्ष सुनिल कटुवाल( निर्विराेध), सचिव पनाह अधिकारी, सह काेषाध्यक्ष पवित्रा आचार्य लगायत निर्वाचित भएका छन् ।

Skip This
Skip This
Logo