‘राधे’लाई नछाडे तरुण दलले आन्दोलन गर्ने

‘राधे’लाई नछाडे तरुण दलले आन्दोलन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई रिहाइ गर्न माग गरेको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका हुन् । गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता नरहेको बताए पनि प्रहरीले कीर्ते कागज बनाएको बस्नेतको आरोप छ।

फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ। भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ।

जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँलेबीच विवाद भएको घटनामा संलग्न भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Skip This
Skip This
Logo