एक दिन यो मुलुकमा हामी रामराज्य दिन्छौँ: सांसद जबरा

एक दिन यो मुलुकमा हामी रामराज्य दिन्छौँ: सांसद जबरा

केन्द्रबिन्दु
12
Shares

‍काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दू बनाउन आफूहरू लागिरहेको बताएका छन्।

विश्व हिन्दू महासंघको स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले एक दिन मुलुक हिन्दू हुने विश्वास व्यक्त गर्दै सके आफूहरूले रामराज्य पनि दिने बताए।

उनले भने, ‘हामी यो मुलुकलाई हिन्दू बनाउन कस्सिएका छौँ। एक दिन यो मुलुक हिन्दू हुन्छ। सके रामराज्य पनि हामी दिन्छौँ।’

हिन्दू धर्म अत्यन्तै सहिष्णु र परम्परागत भएकाले यसको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए। ‘हिन्दू धर्म यस्तो हो जसले मान्छेलाई धर्म परिवर्तन गर्नुपर्छ भन्दैन, यो वैदिक परम्परादेखि चलेको धर्म हो,’ उनले भने।

जसरी रामले राज्य गर्दा सबैको जय हुने राज्य थियो, त्यसैगरि नेपाललाई राम राज्य बनाउनुपर्नेमा उनले जोड दिए।

Skip This
Skip This
Logo