पाकिस्तानमा वर्षाजन्य दुर्घटना: ७१ को मृत्यु, ६७ घाइते

पाकिस्तानमा वर्षाजन्य दुर्घटना: ७१ को मृत्यु, ६७ घाइते

केन्द्रबिन्दु
15
Shares

इस्लामावाद । भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ। विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन्।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अधिकारीका अनुसार उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो, जहाँ घटनाका कारण ३२ जनाको ज्यान गएको थियो।

अधिकारीका अनुसार खैबर पख्तुनख्वामा मृतक मध्ये १५ जना बालबालिका र पाँच महिला छन् । घाइते हुनेमा ४१ जना रहेका छनभने एक हजार तीन सय ७० घरहरू क्षतिग्रस्त भएका छन्।

यसैगरी पूर्वी पञ्जाब प्रान्तमा २३ जनाको ज्यान जानुका साथै सात जना घाइते भएका छन्। दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आठ जनाको मृत्युभयो भने अन्य आठ जना घाइते भएको अधिकारीले बताए।

कश्मीरमा भारी वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् भने ४७ वटा घरहरू ध्वस्त भएका छन्।

Skip This
Skip This
Logo