‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को भक्तपुरबाट सुरुवात, प्रधानमन्त्रीले गरे उद्घाटन

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को भक्तपुरबाट सुरुवात, प्रधानमन्त्रीले गरे उद्घाटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरुवात गरेको छ । आफ्नो आफ्नो महत्वकांक्षी कार्यक्रम मानेको सरकारले शुक्रबार भक्तपुरबाट कार्यक्रमको सुरुवात गरिएको हो । उक्त कार्यक्रमको प्रधाानमन्त्री केपी शर्मा ओली नै उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रमका लागि भक्तपुरका ४ वटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार, सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार रहेको छ ।

चार नगरपालिकामा करिब १५ सयले निवेदन दिएका छन्। सरकाले गत वर्ष फागुन १ गतेदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेको थियो । जसका लागि सरकारले ३ अर्ब बजेट विनियोजन गरेको थियो।

Skip This
Skip This
Logo