इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’अभियान, भारतीय गाडीको प्रयोग

इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’अभियान, भारतीय गाडीको प्रयोग

केन्द्रबिन्दु
15
Shares

इलाम । बैशाख १५ हुने इलाम-२ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ।

बिहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिले ‘नो भोट’ अभियान चलाएका हुन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो। सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरु सदरमुकाममा आएका हुन।

सहभागीहरुले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ। गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लेखिएको छ।

निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। तर, नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन्।

इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन्।

सभामा प्रसाईं आफैं सहभागी छन्।

Skip This
Skip This
Logo