तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताबाट साविक विजेता एपीएफ बाहिरिएको छ। बिहीवार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पुलिसले एपीएफलाई ४१ रनमै अलआउट गरेको हो । ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ४५ रन बनाउदै पूरा गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पुलिसको बलिङसामु टिक्न नसक्दा २२.१ ओभरमा ४१ रनमै अलआउट भएको हो । एपीएफले बनाएको यो स्कोर प्रतियोगिताकै सबैभन्दा कम स्कोर हो ।
अब फाइनलमा पुलिस रआर्मी भिड्ने भएका छन् ।































प्रतिक्रिया