सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सांसदले नै शून्य समयलाई प्रभावकारी बनाउन सभामुख कृष्णबहादुर महरासँग माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपाका सांसद विरोध खतिवडाले शून्य समयलाई प्रभावकारी बनाउन सभामुख महरासँग गरेका हुन् ।
बैठकमा बाेल्दै सांसद खतिवडाले भने- ‘शून्य समयको आशय, मनशाय संसदका आवाज सरकारले सुन्ने हो। व्याकरणले सुन्ने, कानले सुन्ने समय हो। तर, अंकगणितको शून्य भएछ। यो शून्यमा नै हरायो।’
शून्यको पनि धेरै शक्ति हुने बताउंदै उनले भने, “एक सहारा पायो भने यसको शक्ति १० गुणा बढी हुन्छ। एकको पछाडि शून्य थपे १०, १० को पछाडि शून्य थपे १०० र १०० को पछाडि शून्य थपे १००० हुन्छ ।’































प्रतिक्रिया