इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न संसदमा आवाज उठेको छ। आजको प्रतिनिधिसभा बैठकमा सांसद सुजाता परियार र सांसद हिरा गुरुङले मेयर चाैधरीमाथि कारबाहीको माग गरेका हुन् । "/>

नाकको डांडी काण्ड संसदमा पुग्यो, मेयरलाई कारवाही गर्न माग

नाकको डांडी काण्ड संसदमा पुग्यो, मेयरलाई कारवाही गर्न माग

केन्द्रबिन्दु
0
Shares

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न संसदमा आवाज उठेको छ।आजको प्रतिनिधिसभा बैठकमा सांसद सुजाता परियार र सांसद हिरा गुरुङले मेयर चाैधरीमाथि कारबाहीको माग गरेका हुन् । संसदको शून्य समयमा बोल्दै सांसद परियारले भनिन्- ‘राज्यको चौथो अंग नै असुरक्षित छ भने अरुको के होला ?”

करोडौं खर्च गरेर सिध्याउँछु भन्नु लोकतान्त्रिक विधिभित्र नपर्ने भन्दै उनले भनिन्- ‘राज्य छ भने तत्काल कारबाही गरेर तत्काल राज्यको प्रत्याभूति गराइयोस् ।’

त्यस्तै सांसद गुरुङले पनि मेयर चौधरीलाई तत्काल कानुनको दयाराम ल्याउन माग गरे ।  फौजदारी अपराध अन्तरगत तत्काल कानूनको दयारामा ल्याउन माग गर्दै उनले भने, ‘दुई तिहाइको दम्भमा यसरी जनतालाई धम्की दिने, कुटपिट गर्ने अनि मार्ने यो कानुनमा छ ?’

Skip This
Skip This
Logo