काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा बस्तु तथा सेवा आयात र निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले ९ महिनामा नेपालको निर्यात ३.६६ प्रतिशतले घटेको हो ।
चालु आवको चैत महिनामा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा निर्यात १ खर्ब १८ अर्ब बढी रहेको विभागले जानकारी दिएको छ ।
यस्तै, चालु आवको चैत महिनासम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा अहिले २.८४ प्रतिशत आयात घटेको हो ।
यस अवधिसम्म १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आवको ९ महिनासम्मको वैदेशिक व्यापार भने गत आवको तुलनामा घटेको देखिन्छ । गत आवको सोहि अवधिको तुलनामा यो २.९२ प्रतिशत कम हो । गत आवको उक्त अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड रहेको थियो ।
यस्तै, चालु आव चैत्रसम्म आयात र निर्यात दुवै घट्दा व्यापार घाटासमेत कम भएको भन्सार विभागको तथ्यांक छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.७५ प्रतिशत कम हो । यो ९ महिनामा नेपालको ब्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा करिव १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले बताएको छ ।
































प्रतिक्रिया