दोलखा
संघीय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले दोलखाका सबै स्थानीय तहलाई जनही एक थान एम्बुलेन्स सहयोग गरेका छन् । चरिकोटमा आयोजित कार्यक्रममा मंगलबार चार थान एम्बुलेन्स र २ वटा शव वाहन उनले हस्तान्तरण गरेका हुन् ।
यसअघि पाँच स्थानीय तहलाई गत मंसिरमै उनले एम्बुलेन्स दिएका थिए ।
उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स र शव वाहन प्रदान गरेका हुन् । भिमेश्वर र जिरी नगरपालिकालाई भने शव वाहन पनि दिइएको हो । उनले गतवर्ष गौरीशंकर गाउँपालिका ८ खारेलाई पनि एक एम्बुलेन्स उपलब्ध गराएका थिए । त्यो सहित सांसद लामाले जिल्लामा दश वटा एम्बुलेन्स वितरण गरिसकेका छन् । उनले जिल्लाबासीले सहजै स्वास्थ्य उपचार पाउन सकुन भनेर एम्बुलेन्स वितरण गरेको बताए ।
एम्बुलेन्स वितरण समारोहमा लामाले कांग्रेस नेताले दिएको भनेर आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘मैले पवित्र मनले सेवा गरेको हो,’ उनले भने, ‘यसमा कही कतैबाट राजनीतिक विभेद नहोस् ।’ लामाले आफ्ना लागि दोलखाबासी सबै समान भएको र कसैलाई भेदभाव नगरी सेवा प्रवाहा गर्न अनुरोध गरेका छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया