धरान,
धरान उपमहानगरपालिकामा डेंगु रोगका बिरामीको संख्या दुई सय पुगेको छ । समयमै नियन्त्रणमा सरकारले चासो नदेखाएपछि रोगले महामारीको रुप लिने खतरा बढेको भन्दै स्थानीय त्रसित बनेका छन् ।
पोथी लामखुट्टेको टोकाईबाट सर्ने प्राणघातक रोग डेंगु धरान उपमहानगरपालिका भर फैँलदा मेत सरकारले नियन्त्रण गर्न चासो दिएको छैन । धरान १५ का लोकेन्द्र खड्काले सरकारले धरानमा दुई सय डेंगु बिरामी भेटिँदा पनि प्रकोप नियन्त्रण गर्न चासो नदेखाएको भन्दै महामारीको रुप लिने खतरा बढेको बताए ।
धरानमा मंगलबार मात्र ३४ जना डेंगुका संक्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये ३२ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन् ।
प्रतिष्ठानमा हालसम्म एक सय ७६ जना डेंगु रोगका बिरामीहरु उपचारका लागि भर्ना भएको सहायक निर्देशक डा. विकास साहले जानकारी दिए । विजयपुर अस्पतालका व्यबस्थापक इन्दु योज्जनले २४ जना बिरामी आफ्नो अस्पतालमा रहेको बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया