रेशमको मुद्दा आज पनि हेर्न नभ्याइने

रेशमको मुद्दा आज पनि हेर्न नभ्याइने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको मुद्दा आजपनि हेर्न नभ्याइनेमा परेको छ।

आइतबार चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२औँ नम्बरमा रहेको मुद्दा आजपनि हेर्न नभ्याइनेमा परेको हो।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए।

नाउपामा आन्तरिक विवाद चुलिएपछि रेशम चौधरीले चैत्र २२ र २३ गते काठमाडौँमा बैठक आह्वान गरेका थिए। अध्यक्ष रन्जिताले उक्त बैठक आधिकारिक नभएको बताएकी थिइन्। रेशम पक्षीय उक्त बैठकले ७ दिन भित्र १९५ जनाको नामावली बुझाउने र ३५ दिन भित्र १९५ जनाको नामावली निर्वाचन आयोगमा अद्यावधिक गर्न लगाउने निर्णय गरेको थियो।

रन्जिता श्रेष्ठले अवैधानिक ठहर गरेको बैठकमा नै चौधरीले नागरिकता लगायतका प्रमाणहरू संकलन गरेर मुद्दा दायर गरेका थिए।

Skip This
Skip This
Logo