काठमाडौं,
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यहरुको कार्यविभाजन बुधबार (आज) टुङ्गो लाग्ने भएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कार्यविभाजनको कार्यसूचीमा मंगलबार बसेको सचिवालय बैठकमा छलफल भएको थियो । ‘छलफल सहमति नजिक पुगेको छ । बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ ।’
एकतापछि नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य छन् । नेकपाले गत जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो ।
पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए । पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन । सचिवालयको बैठक बुधबार (आज) १२ बस्ने बताइएको छ ।































प्रतिक्रिया