आफैंले बनाएको संविधानमा प्रचण्डले देखाए यस्तो खोट (भिडियोमा)

आफैंले बनाएको संविधानमा प्रचण्डले देखाए यस्तो खोट (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको ईमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन् । अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ पनि सचेत गराए ।

मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुतसम्बन्धि कानुनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले संविधान सम्झौंतामा तयार गरिएको दस्तावेज भएकाले यसमा केही नराम्रा पक्षहरु पनि रहेको उल्लेख गर्दै त्यसलाई हटाउन संविधान संशोधनमा जोड दिइएको स्पष्ट पारे ।

Skip This
Skip This
Logo