काठमाडौं । एनआईसी एशिया बैंकको थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले झापा र स्याङ्जामा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
झापाको केचनाकवल गाउँपालिका १ को घेराबारी र स्याङ्जाको आँधीखोला गाउँपालिका १ को पञ्चमूलमा ३० औं र ३१ औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरे ।
यसैगरीे आँधीखोला गाउँपालिकाको पञ्चमूलमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।
साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४२ वटा एक्स्टेन्सन काउण्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ सेवा संचालन गर्ने योजना अगाडि सारेको छ ।





























प्रतिक्रिया