अहिले सामाजिक संजालमा नेपालमा महा भूकम्प जाने भन्दै भिडियोहरु सार्वजनिक भैरहेका छन्।   यस्तो भिडियोहरु फेसबुक प्रोफाइल, पेज, ग्रुपदेखि इनबक्सहरुमा समेत शेयर भैरहेका छन्। "/>

महाभूकम्पको भविष्यवाणीले सर्वसाधारणमा त्रास, ज्योतिष पक्राउ

महाभूकम्पको भविष्यवाणीले सर्वसाधारणमा त्रास, ज्योतिष पक्राउ

केन्द्रबिन्दु
0
Shares

अहिले सामाजिक संजालमा नेपालमा महा भूकम्प जाने भन्दै भिडियोहरु सार्वजनिक भैरहेका छन्।  यस्तो भिडियोहरु फेसबुक प्रोफाइल, पेज, ग्रुपदेखि इनबक्सहरुमा समेत शेयर भैरहेका छन्। केही ब्लग र अनलाइनहरुले पनि यस्तो समाचार प्रकाशन गरेका छन्।

यस्तो समाचार फैलाउने व्यक्ति हुन् अर्जुन क्षेत्री।  जसले युट्युब च्यानलका संचालकहरुलाई बोलाएर महा भूकम्प आउने ठोकुवा गरेका थिए। अहिले यु ट्युबमा उनका भिडियोहरु भाइरल भैरहेको छ।

यस्तो भिडियोले आतंक मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अफवाह फैलाएको अभियोगमा क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई मंगलबार गौशालाबाट पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo