भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

आइतबार र सोमबार सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाईमा बैशाख १३ गतेका लागि पेशी तोकिएको छ।

सोमबार टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारी सर्वोच्च पुगेका थिए।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई पाटनले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो।

Skip This
Skip This
Logo