काठमाडौं,
ग्राहकहरूलाइ बिमा सेवाका अतिरिक्त देशको सम्पूर्ण प्रदेशहरूमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा धनगढी, कैलालीस्थित माया मेट्रो अस्पताल र भरतपुर–१०, चितवनस्थित चितवन मेडिकल कलेजसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा छुट्टाछुट्टै सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात् कम्पनीसँग आबद्ध चितवन तथा धनगढी लगायत आसपास क्षेत्रका महानुभावहरू लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त छ ।
उक्त अलग–अलग सम्झौताहरूमा इन्स्योरेन्स कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्री र माया मेट्रो अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डा. मोहन साउदले हस्ताक्षर गरेका थिए भने चितवन मेडिकल कलेजको तर्फबाट मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका थिए ।





























प्रतिक्रिया