डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति निर्वाचनमा लड्ने

डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति निर्वाचनमा लड्ने

केन्द्रबिन्दु
0
Shares

फ्लोरिडा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ जुनमा फ्लोरिडामा हुने जुलुसमा आफू पुनः अमेरिकाको राष्ट्रपति पदका लागि निर्वाचनमा उठ्ने घोषणा गर्ने भएका छन् । अमेरिकामा २०२० मा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

ट्रम्पले शुक्रबार आफ्नो एक ट्विटमा भनेका छन्, “म प्रथम महिला मेलानिया, उप–राष्ट्रपति माइक पेन्स तथा उनकी पत्नी करेन पेन्सका साथ ओरल्यान्डोमा १८ जुनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि चुनावमा लड्ने घोषणा गर्दैैछु ।”

उनले भने, “यो ऐतिहासिक र्यालीमा हामीसँग समावेश हुनुहोस् ।” डोनाल्ड ट्रम्प दोस्रो पटक चुनाव लड्ने विषयलाई लिएर लामो समयदेखि हल्ला चलिरहेको थियो । यद्यपि यसको कुनै आधिकारिक घोषणा भएको थिएन ।

अमेरिकी राष्ट्रपति बन्नका लागि विभिन्न सर्तमा खरो रूपमा उत्रिनु आवश्यक छ । उम्मेदवारको जन्म अमेरिकामा भएको हुनु आवश्यक छ । यसका अतिरिक्त ३५ वर्ष उमेर पूरा भएको, १४ वर्षदेखि लगातार अमेरिकी निवासी भएको र अघिल्लो दुई पटक राष्ट्रपति नभएको हुनु आवश्यक छ ।
एजेन्सी

Skip This
Skip This
Logo