चेम्बर सल्लाहकार परिषद्‍को अध्यक्षमा श्रेष्ठ

चेम्बर सल्लाहकार परिषद्‍को अध्यक्षमा श्रेष्ठ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन्।

चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई मंगलबार सल्लाहकार परिषदको अध्यक्षमा चयन गरिएको हो।

परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेतलगायत चेम्बर अभियानका अग्रजहरु रहेका छन्।

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ। पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय रहेका छन्।

Skip This
Skip This
Logo