विप्लवले भन्यो, ‘सुरक्षाकर्मी आक्रमण गर्ने पार्टीको कुनै नीति छैन्’

विप्लवले भन्यो, ‘सुरक्षाकर्मी आक्रमण गर्ने पार्टीको कुनै नीति छैन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ ।

सोलुखुम्बुमा विप्लव पार्टीद्वारा प्रहरी चौकीमाथि आक्रमणको प्रयास भन्ने समाचार आएपछि नेकपा प्रवक्ता प्रकाण्डले प्रेश विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ ।

सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झुटा समाचार प्रसारण गराइएको उल्लेख गरिएको छ ।

 

Skip This
Skip This
Logo