यसकारण पनि सरिता लामिछानेको उम्मेद्वारी जायज (भिडियोमा)

यसकारण पनि सरिता लामिछानेको उम्मेद्वारी जायज (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यहि जेठ २५ गते नेपाल चलचित्र कलाकार संघको निर्वाचन हुँदैछ । संघको अध्यक्षको लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमा सरिता लामिछाने र अभिनेता रवीन्द्र खड्का प्रतिस्पर्धामा उत्रिएका छन् । सरिता हाल संघमा महासचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् ।

लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुत्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । संघको अध्यक्षमा लड्ने घोषणा गरेपछि उनले विभिन्न खाले समस्याको सामना गर्नुपरिरहेको छ ।

सबैभन्दा पहिला उनीमाथि गैर कलाकारको आरोप लाग्यो । त्यो विषय जिल्ला प्रशासन कार्यालयमा पुग्यो । प्रशासनबाट आरोप निराधार भएको प्रमाणित भयो । त्यसपछि उनीविरुद्ध अन्यखाले बबण्डर नै मच्चिदैं आएका छन् । तर सरिता नेपाली चलचित्र क्षेत्रको विकासका लागि भन्दै त्यस्ता समस्याको डटेर सामना गर्ने भन्दै अघि बढिरहेकी छन् ।

जसले सरितामाथि यस्ता निराधार आरोपहरु लगाउँदै आएका छन्, उनीहरु नै राजनीतिक दलका कार्यकर्ता हुन् । उनीहरुले आफ्नो पक्षमा माहोल नदेखिएपछि सरितामाथि यस्ता आरोप लगाउँदै हिडेका हुन् । अहिले आएर उनीहरु चुनावको मिति सानुपर्ने माग गर्दै आईरहेका छन् ।

https://www.youtube.com/watch?v=zJphBAIMWkE

Skip This
Skip This
Logo