भारतीय वायु सेनाको एउटा जहाज सोमबार दिउँसो बेपत्ता भएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उक्त जहाज पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो। जहाजमा ८ जना चालक दलका सदस्य र पाँच यात्रु थिए।
टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ। जहाज हराएको ठाउँ चिनियाँ सीमानजिकै पर्छ ।































प्रतिक्रिया