नेपालका प्रितम आचार्य र आयुष केसी भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा प्रवेश गरेका छन् । शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् ।
आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परे । उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् ।
यो प्रतिस्पर्धामा १६ वर्ष भन्दा कम उमेरका बालबालिकाको सहभागिता रहन्छ । यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए ।
बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभीमा हरेक शनिबार र आइतबार बेलुका प्रशारण हुँदै आएको छ ।































प्रतिक्रिया